काठमाण्डु – भारतको ओडिशा भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कीट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य विद्यार्थीमाथि भएको दुर्व्यहारबारे राष्ट्रिय मानवअधिकार आयोगले भारतलाई पत्राचार गरेको छ । नेपाली विद्यार्थीले घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा उल्टै कुटपिट र दुव्र्यवहार भएको घटनाको शीघ्र छानबिनका लागि आयोगले भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको…