काठमाण्डु – काठमाण्डु महानगरपालिका–१७ ढल्कुमा २ समूहबीच भएको झडपमा परी बुधबार १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनिल पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१७ पोडेटोल…