काठमाण्डु-तनहुँको आँबुखैरेनी–२ ऐना पहराबाट मर्स्याङ्दी नदीमा भारतीय यात्री बोकेको बस खसेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दिपक कुमार रायले भारतीय यात्रुवाहक बस नदीमा खसेको जानकारी दिए । बसमा ४० यात्री रहेको र उनीहरू सबै भारतीय नागरिक भएको उनले जनाए । दुर्घटनाबाट भएको क्षतिबारे केही खुलेको छैन । थप विवरण आउन बाँकी छ…