काठमाण्डु-इङ्गिलश प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टनभिल्लालाई २–० गोलले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ । ११ खेलमा २८ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमै रहँदा ११ वटै खेलमा १८ अङ्क जोडेको एस्टनभिल्ला आठौं स्थानमा झरेको छ । गएराती नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई ब्राइटनले २–१ गोलले पराजित गर्यो । हारपछि पनि सिटी ११…