काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाल पार्टीको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगेका छन् । पार्टीले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने गरि गरेको कारबाही अवैधाननिक भएको भन्दै डा. ढकालले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । डा. ढकालले आइतबार पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाउन गरेको निर्णय वैधानिक नभएको दाबी गर्दै…