काठमाण्डु-राइड सेयरिङको विरोध गर्दै गण्डकीका यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरूले गण्डकीमा आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै उनीहरू शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए । तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीले जानकारी दिए…