काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोमा चिन्ता जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव कार्यक्रमा बोल्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दा लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटो टुंगोमा पु¥याउन आग्रह गरे । ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै…