लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिने लुइँटेलमाथि छानबिन गर्न बन्यो समिति

काठमाण्डु – महान्यायाधिवक्ता कार्यालयले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको निर्णयमाथि छानबिन गर्न समिति बनाएको छ । सहारा चितवन सहकारी गठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा दर्ता गरेको अभियोजनको विषयलाई लिएर लुइँटेलमाथि छानबिन गर्न कार्यालयले समिति गठन गरेको हो । नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा गठित छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत…