काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएको छ । कार्यवहाक महान्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गर्दै शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा पार्टीका नेता कार्यकर्ता पक्राउ परेको बताउँदै भर्त्सना गरेका हुन् । पार्टी सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा आज बालुवाटरमा भएको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति…