काठमाण्डु-कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारीहरूको भनाए स्थगित भएको छ । मन्त्रालयको प्रवेशद्वारमा असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगन भएको छ । १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् । कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी…