निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी अब रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाण्डु – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्ने गुनासोलाई सरकारले चाँडै सम्बोधन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पदाधिकारीसँग बुधबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम गरेबापत सरकारबाट पाउनुपर्ने भुक्तानी अब नरोकिने बताए । ‘निर्माण व्यवसायीले भुक्तानी पाएनन् भन्ने जुन गुनासो छ, यो गुनासो अब…