काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३०० दिनको समयसीमाभित्र क्रिकेट रंगशाला बनाइसक्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्, ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने…