नयाँ सत्ता समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि २ ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बागमती प्रदेशका नवनियुक्त मुुख्यमन्त्री बहादुुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा उनले संघीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति…