सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरमा प्रधानसेनापति सिग्देलको निरीक्षण

काठमाण्डु – नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरमा प्रधानसेनापति अशोकराज सिग्देलले निरीक्षण गरेका छन् । सोमबार प्रधानसेनापति सिग्देलले बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटरको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षबारे जानकारी लिएर आवश्यक निर्देशन दिएका छन् । निरीक्षणको क्रममा प्रधानसेनापति सिग्देलले सिन्धुलीगढी ईलाकामा सञ्चालन भइरहेको कमाण्ड तहको फिल्ड ट्रेनिङ एक्सरसाइज अभ्यास…