पूर्वमुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताद्वारा दुर्व्यवहार, प्रहरी मुकदर्शक बनेकोमा आपत्ति

काठमाण्डु – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलमाथि शनिबार दुर्व्यवहार भएको छ । नेता रावलका स्वकीय सचिव राजबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै कञ्चनपुरको पूर्वपश्चिम राजमार्गअन्तर्गत दैजी चोकमा रास्वपा कार्यकर्ताहरूले गरेको दुर्व्यवहारप्रति भत्र्सना गरेका छन् । ‘रास्वपा कार्यकर्ताहरूले पूर्वमुख्यमन्त्री चढेको गाडीलाई रोकेर चालकलाई गालीगलौज र हातपातको प्रयास गर्नुका साथै गाडी…