पम्फाका उम्मेदवार थापाले अखिल क्रान्तिकारीको अध्यक्षबाट उम्मेदवारी फिर्ता लिए

काठमाण्डु – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षका लागि उम्मेदवारी दिएका विश्वमणि थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । माओवादी उपाध्यक्ष पम्झा भुसालको उम्मेदवारका रूपमा अध्यक्षमा उम्मेदवारी दिएका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएको क्रान्तिकारीका फ्याक्सन ईञ्चार्ज हिमाल शर्माले जानकारी दिए । निर्वाचन समितिले शुक्रवार बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो…