काठमाण्डु – जङ्गी अड्डामा सञ्चालित २ दिने केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक २०८२ बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरेका छन् । पल्टनको संस्कृति, परम्परा र रीतिरिवाजबारे जानकार तथा नेपाली सेनामा अति महत्वपूर्ण नियुक्तिको रूपमा रहेका प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूबाट बैठकमा प्रस्तुत गरिएका विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान…