विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी भूसाललाई

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भूसालले कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन् । माघ ४ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि उनलाई प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने जिम्मेवारी तोकिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ को नियम ५(ग) बमोजिम भुसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको…