काठमाण्डु-यस वर्षको मनसुन काठमाडौं उपत्यकाबाट बाहिरिएको छ । यस वर्षको मनसुन कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाण्डु उपत्यकाबाट पनि बाहिरिएको छ । बागमती प्रदेशको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश लगायत कर्णाली…