एजेन्सी– थाइल्याण्डको मन्त्रिपरिषद्ले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि तोकिएका ‘मनोरञ्जन कम्प्लेक्स’मा जुवालाई वैधानिकता दिने विवादास्पद विधेयकलाई सोमबार अनुमोदन गरेको छ । प्रस्तावित कानूनले पर्यटन परिसरभित्र क्यासिनो स्थापना गर्न अनुमति दिनेछ जसमा थीम पार्क, वाटर पार्क, होटल र सपिङ मलहरू पनि समावेश हुनेछन्। छिमेकी कम्बोडिया, लाओस र म्यान्मारमा छायादार क्यासिनो कम्प्लेक्सहरू खुलेपनि बौद्ध बहुल थाइल्याण्डमा…