काठमाण्डु – लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाललाई नियुक्त गरिएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ढकाललाई बुधबार प्रमुख सचेतक पदमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेश सभाको पदाधिकारी तथा पारिश्रमिक सम्बन्धी ऐन २०७५ को दफा २ को खण्ड ६ बमोजिम ढकाललाई नियुक्त गरिएको छ ।