लमजुङ जाँदैगरेको हायस भीरबाट खस्यो 

काठमाण्डु– नुवाकोटको शिवपुरीस्थित चापाकोटमा हायस दुर्घटना भएको छ। काठमाडौंबाट लमजुङ गइरहेको ग १ ख ४५२५ नम्बरको हायस दुर्घटना भएको हो । हायस सडकबाट डेढ सय मिटर तल खसेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।