बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय पुग्यो

काठमाण्डु– बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको संख्या २०० पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार दिउँसो ३ः३० सम्ममा २०० जनाको मृत्यु भएको हो । यस्तै १२७ जना घाइते रहेका छन् भने २६ जना बेपत्ता रहेका छन् । यस्तै ४ हजार २ सय २२ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।