काठमाण्डु – नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलाञ्चोक, सिन्धुली, मकवापुर, ललितपुर र काठमाण्डुबाट गरी सोमबार साँझसम्म ७१३ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । ‘बीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र…