झापा र धनुषामा डुबेर ३ जनाको मृत्यु

काठमाण्डु – झापा र धनुषामा डुबेर ३ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१५ सतार बस्तीस्थित मेची खोलामा डुबेर स्थानीय ५१ वर्षीय भाङ्गी हेमरनको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा डुबेर स्थानीय जयनारायण महतोका छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानका छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको छ…