आइतबार काठमाण्डुमा गर्ने आन्दोलनका लागि कांग्रेसले खटायो १५ केन्द्रीय प्रतिनिधि

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आगामी आइतबार (जेठ १३ गते) काठमाण्डुमा गर्ने सडक प्रदर्शनका लागि १५ केन्द्रीय प्रतिनिधि खटाएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाण्डु उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गर्दै १५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको थियो ।…