काठमाण्डु – कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगीको मुद्दालाई विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएका छन् । नागरिकता सम्बन्धी विषयमा पक्राउ पुर्जी जारी भएपछि मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सिरोहियाले सहकारी ठगी सम्बन्धी समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न आफूविरूद्ध उजुरी गर्न लगाएर सोधपुछ समेत नगरी पक्राउ पुर्जी…