काठमाण्डु– सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउने कार्यदल बैठकमा समितिको कार्यादेशबारे आज पनि सहमति हुन सकेन । सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदल बैठकमा कार्यादेशबारे सहमति हुन नसकेको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सहमति गरेर सदनको गतिरोध अन्त्य गर्ने समझदारी बनेको बर्तौलालले जानकारी…