काठमाण्डु – एमसीए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्बन्धी ठेक्का लिंकसन इण्डिया प्रालिलाई प्रदान गरेको छ । सबस्टेसन निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा बिहीबार आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि संयुक्त राज्य…