अर्थसचिव पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाण्डु- अर्थमन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई सरुवा गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । अर्थसचिवमा मधुकुमार मरासिनीलाई ल्याइएको छ ।