काठमाण्डु- नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) ‘ब्रेकथ्रु’ हुने भएको छ। नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमबार औपचारिक कार्यक्रम गरेर सुरुङ ‘ब्रेकथ्रु’ गरिनेछ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुने भएका छन्। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर छ। आयोजनाको…