काठमाण्डु – देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाण्डुको महानगरपालिका–३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोटको विदुर नगरपालिका–९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । काठमाण्डुको चन्द्रागिरी नगरपालिका–६ नयाँबस्ती बस्ने ६८ वर्षीय कृष्ण रानामगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्…