काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले गौशाला–२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको छ । अदालतका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता उपलब्ध गराउन आदेश दिएको हो । आदेशमा उल्लेख छ, ‘जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति एवं जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने…