धनगढी – कैलालीको जानकी गाउँपालिका–२ खैरेनीटोलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुप प्र ०१–००८ प ६८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आईतबार राति दुर्घटना हुँदा चालक भजनी नगरपालिका–८ बहादुरपुर बस्ने ३७ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल हुँदै नवजीवन अस्पतालमा थप उपचारका क्रममा मृत्यु…