काठमाण्डु–कुमारी बैंक लिमिटेडले युएसएआईडीसँगको साझेदारीमा “देशै भरि वर्षै भरि” अभियानअन्तर्गत मोरङ्गको बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बेलबारी नगरपालिकासँगको समन्वयमा आयोजित प्रशिक्षण स्थानीय उद्यमीहरुको वित्तीय ज्ञान, सिप, मनोबल र व्यवहारिक क्षमता वृद्धि गर्ने लक्ष्यका साथ सम्पन्न गरिएको हो। बैंकले वित्तीय साक्षरता प्रवर्द्धनका लागि पुस्तिका, कुमारीजी एप, सन्देशमूलक भिडियो र सचेतनामूलक कार्यक्रमहरूमार्फत जनचेतना फैलाउँदै आएको…