काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल सकिएको छ । बुधबार बिहान देउवा निवास महाराजगञ्जमा भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको हो । एक घण्टासम्म चलेको वार्तामा सहमति हुन नसकेपछि दुवै महामन्त्री वार्तास्थलबाट बाहिरिएका छन्। निर्वाचन आयोगमा जाने बाहेक अन्य हस्ताक्षरमा आफ्नो रुचि नभएको सभापति देउवाले महामन्त्रीद्वयलाई सुनाएका थिए…