लोक सेवा आयोगद्वारा परीक्षा मर्यादा उल्लंघन गर्ने उम्मेदवारमाथि कारबाही

काठमाण्डु- लोक सेवा आयोगले उपसचिव वा सोसरह पदको लिखित परीक्षामा मर्यादा उल्लंघन गरेको ठहर गर्दै एक उम्मेदवारको परीक्षा रद्द गरेको छ। साथै उनलाई आगामी एक वर्षसम्म आयोगद्वारा सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको आयोगले जनाएको छ। आयोगले जारी गरेको सूचनाअनुसार विज्ञापन नम्बर १६६६४–१६६७१/८२–८३ (आन्तरिक) अन्तर्गत उपसचिव वा सोसरह पदको लिखित…