उत्तर प्रदेशमा भीषण हावाहुरी र असिनापानी, ८९ जनाको मृत्यु

काठमाण्डु- भारतको उत्तर प्रदेशमा बुधबार राति आएको भीषण हावाहुरी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ। राज्य आपद व्यवस्थापन तथा राहत कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विपत्तिमा परी हालसम्म ८९ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन्। प्राकृतिक विपत्तिका कारण ८७ वटा घरमा क्षति पुगेको छ भने ११४ वटा पशुचौपाया मरेका…