काठमाण्डु– फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तट नजिक ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ७ः३७ बजे आएको भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान र अष्ट्रेलियामा सुनामीको चेतावनी जारी गरिएको थियो। तर केही घण्टापछि ती चेतावनीहरू रद्द वा स्तर घटाइएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा तस्वीरहरूमा भवनहरू…