नारायणगढ चितवन - चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा नेक ब्लास्ट रोगको सङ्क्रमण देखिएको छ । बाला लाग्ने अवस्थामा ढुसीजन्य रोगले धानको घाँटीमा आक्रमण गरी दाना नलाग्ने र बाला सुक्ने समस्या निम्त्याएको कृषि विकास कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख झलकनाथ कँडेलले जिल्लाको राप्ती, खैरहनी, रत्ननगरलगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको सङ्क्रमण…