देउवाले नछाडे निर्वाचनबाट कांग्रेसको नेतृत्व परिवर्तन गर्ने विशेष महाधिवेशनको तयारी

काठमाण्डु – नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिका बाबजुद अगाडि बढेका विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाले नेतृत्व नछाडे निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने अडान लिएका छन् । मंगलबार साँझ विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने बताए । पत्रकार सम्मेलनमा…