काठमाण्डु – रुपन्देहीको तिलोत्तमा नगरपालिका देशभरकै नगरपालिकामा दोस्रो उत्कृष्ठ नगरपालिका घोषित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा गरेको स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका नगरपालिकामध्य मुलुकभरकै दोस्रो उत्कृष्ठ नगरपालिका घोषित भएको हो । बिहिबार मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव भरतमणि सुवेदीले नगरपालिकामा धादिङको निलकण्ठ नगरपालिका पहिलो, तिलोत्तमा दोस्रो…