कांग्रेस संस्थापनको अपिल : अहिले एकताबद्ध भएर निर्वाचनमा होमिऔं, चुनावपछि महाधिवेशन

काठमाण्डु – नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले देशको पछिल्लो राजनीतिक अस्थिरता र प्रतिनिधिसभा विघटनपछिको अन्योललाई चिर्न कांग्रेस संगठित हुनुपर्नेमा जोड दिएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाण्डुमा विशेष महाधिवेशन जारी रहेकै बेला अपिल जारी गर्दै कार्यबाहक सभापति खड्काले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमार्फत संविधानलाई सही मार्गमा…