काठमाण्डु- वैशाखको चर्को घाममा सडकका पेटी र पार्कहरूलाई बैजनी रङ्गले ढकमक्क सजाउने जाकारान्डा ( Jacaranda ) धेरैको प्रिय फूल हो । दक्षिण अमेरिका (ब्राजिल, अर्जेन्टिना र उरुग्वे) बाट भित्रिएको यो वनस्पति अहिले नेपालका सहरहरूको मुख्य आकर्षण बनेको छ । जाकारान्डा एक पतझडी रुख हो । सुक्खा मौसममा पानी र ऊर्जा बचाउन यसले आफ्ना पातहरू झार्छ । पात…