काठमाण्डु – भारतीय विदेश मन्त्रालयले मन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको मिति आपसी समझदारीमा तय हुने जनाएको छ । साप्ताहिक मिडिया ब्रिफिङका क्रममा मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालबाट विदेशमन्त्रीलाई भ्रमणको निम्तो आएको बताए । मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री जयशंकरलाई भ्रमणको निम्तो दिइएको उनले बताए । ‘हाम्रा विदेशमन्त्रीको पनि…