काठमाण्डु-माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ । बैठकमा आज पनि नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीको खोजीको विषयमा पनि बहस सुरु भएको छ ।…