काठमाण्डु-काभा वुमन्स नेसन्स भलिबलको फाइनलमा बुधबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ । नेपालले सेमिफाइनलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको…