काठमाण्डु – संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । कार्यदलले एक साताअघि नै दलहरूसँगको समन्वयमा विवादित विषयमा जुटाएको सहमतिको प्रतिवेदन आज सिंहदरबारमा शीर्ष नेतालाई बुझाएको हो । गत बिहीबार तीन दलका तीन नेता, कानुन…