प्रधानमन्त्री ओलीको निर्देशन : गलत मान्छेहरूको संगत र प्रलोभनमा नपर्नुस्

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबीच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त ३ राज्यमन्त्रीको शपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै उनले राज्यमन्त्रीको मुख्य काम सम्बन्धित मन्त्रीहरूलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए । प्रधानमन्त्री…