एमालेका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर, यी १७ केन्द्रीय सदस्य मनोनित

काठमाण्डु – नेकपा एमालेले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले ७ वटै प्रदेशमा इन्चार्ज हेरफेरको निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्टले जिम्मेवारी पाएका…